मञ्जुश्री फाइनान्सको २३ औं शाखा कार्यालय चावहिलमा उद्घाटन

काठमाडौं, २३ चैत । मञ्जुश्री फाइनान्स लिमिटेडले चावहिलमा २३ औं शाखा कार्यालय उद्घाटन गरेको छ ।

काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ७ मा मञ्जुश्रीका संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्व मुख्य सचिव एवं नेपालको तर्फबाट अमेरिकाको लागि राजदुत दामोदर प्रसाद गौतम उद्घाटन गरेका हुन् ।

२०७८ साल पौष मसान्तसम्म रु.१ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाइन्सले ११.६३ अर्व निक्षेप संकलनगरि रु ११.०२ अर्व कर्जा परिचालन गरेको छ ।

यसका साथै यस फाईनान्सले विप्रेशण,मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र ATM सेवा लगायत सरल कर्जा र निक्षेपमाआकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here