केवाइसी र कागजात रुजु नगरी सिमकार्ड बेच्ने विक्रेतालाई कारवाही गरिने

काठमाडौं । दूरसञ्चार प्राधिकरणले सिमकार्ड विक्री वितरणमा विशेष ध्यान दिन आग्रह गरेको छ ।

मोवाइल सेवा प्रदायकका सिम तथा रिमकार्डहरु विक्री गर्दा ग्राहकलाइ केवाईसी नभरी या नियमअनुसार कागजात रुजु नगरेको भन्दै सो मा ध्यान पुर्याउन भनेको हो ।

प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै मोबाइल सेवा प्रदायकले प्राधिकरणले दिएको निर्देशन र नियमअनुसार सिम विक्रीवितरण गर्न तथा ग्राहकले आफ्नै वास्तविक विवरणको आधारमा मात्र सिमकार्ड खरिद गर्न भनेको छ । साथै यस सूचना विपरित कार्य भएको पाइएमा कारवाही हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here