पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना पुष्टी, १५ जिल्ला ‘कोरोना मुक्त’

काठमाडौं, २४ चैत । नेपालमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१९ जनाको पीसीआर परीक्षण गर्दा ७ जना र १ हजार ८४९ जनाको एन्टिजेन परीक्षण गर्दा ० गरी ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८ हजार ५४५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६५ हजार ८४७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७४७ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५१ रहेको छ ।

काठमाडौं उपत्यकामा एकजना कोभिड १९ संक्रमित थपिएका छन् । उपत्यकामा सक्रिय संक्रमितको संख्या २१९ रहेको छ ।

आजसम्म १५ जिल्ला कोभिड फ्री भएका छन् भने अन्य जिल्लामा सक्रिय संक्रमितको संख्या १ देखि १२० सम्म रहेको छ ।

आज देशभर ७१७ जना होम आइसोलेसनमा, ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये ११ जना आईसीयूमा र १ भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here