भ्वाइस र डाटा दुवै सेवामा टेलिकम अगाडि, ‘ब्रोडब्याण्ड इण्टरनेट’को बजार हिस्सा ५३.८२ प्रतिशत

काठमाडौं, २४ चैत । नेपाल टेलिकमले ७ अर्ब ३३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

बिहीवार काठमाडौंमा आयोजित सो कम्पनीको १४ औं वार्षिक साधारण सभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा। बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बताएका हुन् ।

अन्तर्राष्ट्रिय तथा अन्तरदेशीय आवद्धता सेवाबाट ५ अर्व ८० करोड, वायरलेस सेवाबाट ३ अर्व ३३ करोड अन्य विभिन्न कार्यक्रमबाट गरी कूल राजस्व र खुद नाफा ४२ अर्व २१ करोड र ७ अर्व १३ करोड कायम गर्न कम्पनी सफल भएको छ’, अध्यक्ष अर्यालले भने ।

त्यस्तै यस आर्थिक वर्षमा कम्पनीको भ्वाइस सेवाको ग्राहक आधार ५.५७ प्रतिशतले वृद्धि भई २ करोड ११ लाख पुगेको अर्यालले बताए ।

कम्पनीको राजस्वको प्रमुख स्रोतको रूपमा रहेको जीएसएम सेवाको ग्राहक आधार १४.२४ प्रतिशतले वृद्धि भएको छ ।

साथै, कम्पनीको डाटा सेवाको ग्राहक आधार ३५.३१ प्रतिशतले वृद्धि भई २ करोड ३ लाख ९७ हजार पुगेको छ । बजारको माग अनुसार कम्पनीले डाटा सेवामा जोड दिई सोही अनुरूप आफ्नो योजना कार्यान्वयन गर्दै सुविधा उपलब्ध गराउँदै आएको छ ।

यस आर्थिक वर्षमा कम्पनीले डाटा सेवाको बजार हिस्सामा उल्लेख्य वृद्धि गरेको छ । कम्पनीको ब्रोडब्याण्ड डाटा सेवाको बजार हिस्सा ५.१४ प्रतिशतले वृद्धि भई ५३.८२ प्रतिशत पुगेको छ ।

यसरी भ्वाइस र डाटा दुवै सेवामा यस कम्पनी नेपालको अग्रणी संस्थाको रूपमा स्थापित हुन सफल भएको अध्यक्ष अर्यालको भनाइ थियो ।

प्रविधिको विकास, ग्राहकको आवश्यकता, आर्थिक–सामाजिक क्रियाकलापमा सूचना प्रविधिको अपरिहार्यता जस्ता पक्षहरूको विश्लेषण र मुल्याङ्कन गरी कम्पनीले आफ्नो सेवालाई समयसापेक्ष बनाई मुलुकभर ७७ जिल्लाका ७२० भन्दा बढी स्थानीय निकायमा 4G/LTE सेवा उपलब्ध गराइसकेको छ र बाँकी स्थानमा छिट्टै यो सेवा विस्तार गर्ने गरी काम भइरहेका बताए ।

सोलुखुम्बुको ३,१३० मिटर उचाइमा रहेका विकट ताक्सिन्दु एवं जुभु र ओखलढुङ्गाको विकट सेर्नाजस्ता अत्यन्त दुर्गम स्थानहरुमा मोबाइल सेवा आरम्भ गरिएको बताए ।

सेवाको स्तरोन्नति गर्दै सेवा विस्तार तथा गुणस्तर वृद्धि गर्ने क्रममा आर्थिक वर्ष २०७७/ ७८ मा थप १,५६६ eNodeB जडान गरी सञ्चालनमा ल्याइएको तथा Preventive Maintenance, Network Optimization, Battery Backup थप गर्ने जस्ता कार्यहरूलाई निरन्तरता दिइएका बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here