काठमाडौं, २४ चैत । नेपाल टेलिकमका प्रवन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले पौडेललाई नियुक्त गरेको हो ।
टेलिकममा पहिलोपटक संस्थाभन्दा बाहिरबाट प्रवन्ध निर्देशक नियुक्त भएका हुन् ।
सिफारिसमा परेका टेलिकमका पूर्वप्रवन्ध निर्देशक बुद्धि आचार्य र टेलिकमकै प्रमुख व्यवसायिक अधिकृत संगीता पहाडीलाई पन्छाएर सरकारले टेलिकम (भ्वाइस) क्षेत्रको अनुभव नभएका पौडेललाई प्रवन्ध निर्देशक बनाएको हो ।
सञ्चार सचिव बैकुण्ठ अर्याल संयोजकत्वको छनोट समितिको सिफारिसअनुसार पौडेलको नाम पनि राखेर मन्त्रिपरिषदमा प्रवन्ध निर्देशक नियुक्तिको प्रस्ताव लगिएको थियो ।