बारमा सत्ता गठबन्धनको क्लिनस्वीप, गोपालकृष्ण घिमिरेको प्यानल निर्वाचित

काठमाडौं, २५ चैत । नेपाल बार एशोसिएसनमा लोकतान्त्रिक समूहका गोपालकृष्ण घिमिरेको प्यानल नै निर्वाचित भएको छ ।

लोकतन्त्रवादी कानुन व्यवसायी संघका पूर्वअध्यक्षसमेत रहेको घिमिरेको समूहले एमाले निकट विष्णुमणि अधिकारीको टिमलाई पराजित गरेको हो ।

घिमिरेले ४ हजार ४ सय ४७ मत प्राप्त गरेका छन्। अधिकारीले भने २ हजार ४ सय ८२ मत ल्याएका छन्।

घिमिरेको प्यालनमा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट कानुनव्यवसायीहरु थिए ।

घिमिरेले नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजकबाट राजीनामा दिएर बारमा चुनाव लडेका थिए ।

अधिकारीको प्यानलमा एमालेसहित राप्रपा र अन्य राजनीतिक दल निकट कानुन व्यवसायीहरु आवद्ध थिए ।

उपाध्यक्ष पदमा अधिवक्ता सुरज खत्री विजयी भएका हुन्। खत्रीले ४ हजार ४ सय २९ मत ल्याएका छन्।

कोषाध्यक्षमा भरत बहादुर राउतले ४ हजार ३६ मत ल्याएर विजय भएका हुन्।

महासचिव पदमा भने अन्जिता खनाल विजयी भएकी छिन्। उनले ३ हजार ६८२ मत प्राप्त गरेकी हुन्।

बारमा एक अध्यक्ष, ८ उपाध्यक्ष एक महासचिव, एक कोषाध्यक्ष र १४ सदस्य छनोटका लागि निर्वाचन भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here