‘औद्योगिक क्षेत्रको समस्या समाधान गर्न तयार छु’ मन्त्री बडु

काठमाडौं २६,चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले निजी क्षेत्रसँग सहकार्य गर्न आफु तयार रहेको बताएका ।

उनले औद्योगिक क्षेत्रका समस्याप्रति आफू पनि अत्यन्त गम्भीर रहेको र यस सम्बन्धमा आफूले निकास खोज्ने जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा शुक्रवार गएको महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त मन्त्री बडूलाई शुक्रवार मन्त्रालयमा भेट गरी विभिन्न समस्याका बारेमा अववगत समेत गराएको छ ।

महासंघका अध्यक्ष शेखर गेल्छाले तरलता अभाव, चर्को व्याजदर, विद्युत कटौती, इन्धनको चर्को मुल्य वृद्धिका कारण औद्योगिक व्यवसायिक लागत अत्याधिक बढेकाले निकास खोज्न भनेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त मन्त्री दिलेन्द्रप्रसाद बडूलाई मन्त्रालयमा भेट गरी महासंघकोतर्फबाट बधाई एवं शुुभकामना दिएको हो ।

सो अवसरमा महासंघकातर्फबाट लामो समयपश्चात उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रले नेतृत्व पाएकोमा खुशी प्रकट गर्दै विद्यमान चुनौतीपूर्ण घडीमा उद्योग व्यवसायका समस्या समाधानका लागि आग्रह गरियो ।

भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र सघाई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, महानिर्देशक गोकर्णराज अवस्थीलगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here