एनआईशी एशिया बैंकका सीईओले पाए ‘म्यानेजर अफ दी इयर’ अवार्ड

काठमाडौं, २७ चैत । एनआईशी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने म्यानेजर अफ दी इयरबाट सम्मानित भएक छन् ।

म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान) को शनिबार सम्पन्न साधारणसभामा न्यौपानेलाई उक्त सम्मान प्रदान गरिएको हो।

सम्मानित भएपछि उनले यो सम्मानले आफूलाई थप हौसला प्रदान गरेको बताएका छन् ।

‘म्यानेजर अफ द इयर अवार्ड’बाट सम्मानित हुन पाउँदा म असाध्यै हर्षित भएको छु,’ सम्मान ग्रहण गर्दै उनले भने, ‘यो सम्मान पाउनु मेरो लागि साँच्चै नै ठूलो सौभाग्यको कुरा हो। यसले मेरो हौसला, मनोबल र आत्मविश्वासलाई थप बलियो बनाएको छ।’

शनिबार सम्पन्न म्यानको साधारणसभाले अध्यक्षमा उपेन्द्र पौडेललाई निर्वाचित गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here