आर्थिक संकटको अवस्थामा नियमनकारी निकायवीच समन्वय नभएकोमा मोरङका उद्योगीहरुको चिन्ता

काठमाडौ २७, चैत । उद्योग संगठन मोरङले देशमा आएको आर्थिक संकट समाधानमा नियमनकारी संस्थाले केही कदम नचालेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

संगठनले आइतबार एक विज्ञप्ति जारी गर्दै मुलुकको समग्र अर्थतन्त्रका सूचकहरु संकटको दिशामा उन्मुख भइरहेको बेला नेपाल सरकार, अर्थ मन्त्रालय एवं नेपाल राष्ट्र बैंक जस्ता नियमनकारी निकायहबीच समन्वय अभाव हुँदा अर्थतन्त्र थप जटिलता तर्फ जाने हो की भन्ने चिन्ता व्यक्त गरेको हो ।

‘वित्तिय क्षेत्रमा रहेको तरलताको चरम अभाव, बढ्दो व्याजदर तथा युक्रेन रुस द्धन्द्धका कारण अन्तराष्ट्रिय बजारमा भएको मुल्य बृद्धि जस्ता आन्तरिक एवं बाह्य परिस्थितीजन्य कारणहरुले देशको अर्थतन्त्र संकटमा छ ’ विज्ञप्तिमा भनिएको छ ।

तरलता व्यवस्थापन, वैदेशिक मुद्राको सञ्चिती तथा आयात निर्यात सहजिकरणका लागी नीतिगत निकाय र नियमनकारी निकाय विच प्रभावकारी समन्वय हुनु पर्नेमा असमाञ्जस्य तथा अविश्वासको वातावरण श्रृजना हुनु दुखद हो ।

संकटोन्मुख अवस्थामा नीतिगत तथा नियमनकारी निकाय बिच देखापरेको यस प्रकारको असमझदारीले अन्तराष्ट्रिय जगतमा नकारात्मक संन्देश जाने र नेपालको अन्तराष्ट्रिय व्यापारमा समेत असर पर्ने तर्फ बेलै सचेत भई उपयुक्त कदमहरु चाल्न सरकारलाई आग्रह गरेको छ ।

बैंक तथा वित्तिय संस्थाहरुमा तरलताको चरम अभाव भई लगानीयोग्य रकमको अभाव भएको, बैंक ब्याज बृद्धि तथा वैदेशिक विनियम सञ्चितीको अभावमा कच्चा पदार्थलगायतको आयात प्रभावित भई उत्पादनमुलक उद्योगका क्षेत्रमा कठिनाई उत्पन्न भइरेहकोमा चिन्ता व्यक्त गरेको छ ।

साथै, संकट उन्मुख अर्थतन्त्रलाई सहि ठाँउमा ल्याउन नीजि क्षेत्रका तर्फबाट गर्नु पर्ने सहयोगका लागी संगठन तयार रहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here