बलेफी हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् सजिलै नतिजा

काठमाडौं, २९ चैत । बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ ।

धितोपत्र विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले मंगलबार बिहान क्यापिटलको नक्साल स्थित कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।

कम्पनीको आइपीओमा झन्डै १५ गुणा बढीको आवेदन परेको थियो । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँड भएको हो ।

क्यापिटलका अनुसार आइपीओमा २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७ सय १० कित्ताको लागि आवेदन दिएका थिए ।

जस मध्ये ३ हजार ६ सय ४० जनाको आवेदन रद्द भई २१ लाख ६८ हजार १ सय जना आवेदकको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ ।

कम्पनीको शेयर १ लाख ६६ हजार ३ सय ४५ जनाले १० कित्ताको दरले पाएका छन् । यी मध्ये ३ जनाले भने ११ कित्ता शेयर पाएका छन् ।

कम्पनीले हाल सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको बलेफी खोलामा ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ७ अर्ब ६५ करोड रुपैयाँ हुने कम्पनीले जनाएको छ ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल को वेबसाइट र बलेफी हाइड्रोपावर लिमिटेड कम्पनी लिमिटेडको वेबसाइट बाट पनि नतिजा हेर्न पाइनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आइपीओ आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here