शेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक २४०० अंकबाट ओर्लियो

काठमाडौं, २९ चैत । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ३४.७८ अंकले घटेर २३८५.०२ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३७ कम्पनीको १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँ बराबरको ३७ लाख ८३ हजार २४ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचकमा १२ वटाको घटेको छ । १ वटाको बढेको छ । फाइनान्स सबैभन्दा धेरै २.४० प्रतिशतले घटेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । सोमवार २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै, निर्जीवन बीमा, लगानी र अन्य समूहको सूचक पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज एक कम्पनीको शेयरमूल्यमा भने १० प्रतिशतले वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २०५७ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज इमर्जिङ नेपाल र न्यादीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज ६.५९ र ६.७ प्रतिशतले घटेको छ ।

घलेम्दी हाइड्रो ५.९०, राष्ट्र उत्थान लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशतले घटेको छ ।

त्यस्तै, आँखुखोला, तेह्रथुम पावर, समृद्धि फाइनान्स र मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य ४ प्रतिशतले घटेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको पौने ६ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, नबिल बैंकको ४ करोड र शिवम सिमेन्टको पौने ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here