कामका लागि विदेश जाने नेपाली साढे ३८ प्रतिशतले घटे, सबैभन्दा धेरै उत्तर कोरिया र मलेसियामा

काठमाडौं २७, असार । चालू आर्थिक वर्षको १० महिनामा मात्र रोजगारीका लागि विदेशिने नेपाली करिब साढे ३८ प्रतिशतले घटे । मलेसिया, दक्षिण कोरिया, कतार, लेबनान, इजरायललगायत देशमा रोजगारीका लागि विदेशिने नागरिक घटेपछि कामका लागि विदेश जाने कुल नेपालीको संख्यामा कमी आएको हो ।

‘अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८.६ प्रतिशतले घटेको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६ प्रतिशतले घटेको थियो ।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा अवधिमा ५.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.२ प्रतिशतले घटेको थियो ।

गत वर्षको तुलनामा गत वैशाखमा उत्तर कोरियामा जाने नेपालीको संख्या साढे ९८ प्रतिशतले घटे । सोही अवधिमा मलेसिया जाने नेपालीको संख्या ९४.६ प्रतिशत र कतारमा २५.३ प्रतिशतले घटेको छ । यस्तै, कुवेत, बहराइन, ओमनलगायत राष्ट्रमा जाने नेपाली पनि घटेका छन् । तर, दश महिनाको अवधिमा जापान जाने नेपाली २५ प्रतिशतले बढेको छ ।

मेलेसियामा विदेशी कामदारप्रति त्यहाँको सरकारले ल्याएको कडा नीतिका कारण नेपालीको संख्या घटदो छ । यस्तै, गत वर्षको तुलनामा यस वर्ष इपीएएस अन्तरगत कोरियन सरकारले कम मात्र कामदार लगेकाले नेपालबाट विदेशीने कुल नेपाली संख्या घटेको हो ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत वैशाखसम्म १ लाख ९३ हजार ४ सय ११ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । गत वर्षको सोही अवधिमा यस्तो संख्या ३ लाख १५ हजार १३ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here