सानिमा लाइफ इन्स्योरेन्सको लाभांश घाेषणा, नगद र बोनस कति ?

काठमाडौं, ३० चैत । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद गरी कुल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

जीवन बिमा कम्पनीहरुले अब न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउनुपर्नेछ । सोही अनुसार यसले पनि बोनस दिएर थोरै भए पनि पुँजी वृद्धिको बाटोमा अग्रसर भएको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here