उपकार लघुवित्तको आइपीओमा १२४.६४ गुणा बढी आवेदन, कतिले भरे ?

काठमाडौं, ३० चैत । उपकार लघुवित्तको आइपीओमा आवेदनको ओइरो लागेको छ ।

सीडीएसका अनुसार अन्तिमदिन चैत ३० गते साँझ ५ बजेसम्ममा २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार २४ लाख ३१ हजार १७० जना लगानीकर्ताले २ करोड ७५ लाख ५६ हजार २३० कित्ता लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १२४.६४ गुणा बढी आवेदन हो । अन्तिम दिन आधिकारिक तथ्यांक नआएकाले यो संख्या बढ्न सक्नेछ ।

कम्पनीले चैत २५ गतेबाट कुल २ लाख ३६ हजार २५० कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो ।

निष्काशित कुल सेयरमध्ये ३ हजार २८१ कित्ता (०.५ प्रतिशत) लघुवित्तका कर्मचारी र ११ हजार ८१३ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो । बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि र्सवसाधरणको लागि छुट्टाएको थियो ।

लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबीआई बैंकिङ्ग लिमिटेड रहेको छ। लघुवित्तको आइपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ्ग दिएको छ । यसले लघुवित्तको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here