यतिको एटिआर विमान धावनमार्गमा चिप्लियो, त्रिभुवन विमानस्थलमा उडान बन्द

काठमाडौं । नेपालगञ्जबाट आएको यति एयरलाइन्सको विमान काठमाडौंमा अतवरणको क्रममा धावनमार्गमा चिप्लिएको छ । विमान चिप्लिएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अनिश्चितकालको लागि बन्द भएको छ ।

शुक्रबार बिहान ११ः५ मा ६६ जना यात्रु सवार विमान अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको हो । विमानमा रहेको यात्रुको उद्दार गरिएको र दुई जना घाइते भएको बताइएको छ ।

विमान चिप्लिएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उड्ने आन्तरिक र बाह्य उडान अनिश्चितकालको लागि बन्द भएको छ । मौसममा खराबीको कारण विमान चिप्लिएको हुनसक्ने बताइएको छ ।

९ एन एएमएम कल साइन भएको उक्त एटिआर विमानमा ३ जना फ्लाइट क्रु थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here