सीवाईसी नेपाल लघुवित्तको आइपीओ खुल्यो, कति भर्ने ?

काठमाडौं, २ वैशाख । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक शेयर (आइपीओ) बिक्री आजबाट खुला भएको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा तीन करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँबराबरको दुई लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्कासनमा ल्याएको हो ।

निष्कासन गरिएको कुल शेयरमध्ये ०.५ प्रतिशत अर्थात् ६ हजार हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । ५ प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता शेयर सामुहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको तीन लाख ६९ हजार ४८८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा छिटोमा वैशाख ६ गते र ढिलोमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

लघुवित्तको आइपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा लघुवित्तलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस’ इस्युअर रेटिङ प्रदान गरेको छ ।

आइपीओमा माग भन्दा धेरै आवेदन पर्ने हुनाले १० कित्ताको आवेदन नै उपयुक्त हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here