ग्रीन भेन्चर्सको शेयर सोमवारदेखि कारोबारमा आउने, ओपनिङ रेञ्ज कति ?

काठमाडौं, ४ वैशाख । ग्रीन भेन्चर्स कम्पनीको साधारण शेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ ।

ग्रीन भेन्चर्स कम्पनीको ३ करोड १२ लाख ५० हजार कित्ता सूचीकृत भएको छ।

जसमा स्थानीयको ३१ लाख २५ हजार कित्ता, सर्वसाधारणको ३१ लाख २५ हजार कित्ता र संस्थापकको २ करोड ५० लाख कित्ता छन्।

नेप्सेले यो कम्पनीले ‘जीभीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने न्यूनतम ९१.८६ रुपैयाँदेखि अधिकतम २७५.५८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

यससँगै कम्पनीको उक्त सेयर सोमवारदेखि दोश्रो बजारमा किनबेच हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

यस रेन्जको बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ ।

सोमवार प्रि–ओपन सेसन (बिहान १०ः३०–१०ः४५ बजेसम्म) यी दुवै कम्पनीको शेयर तोकिएको रेन्जभित्र किनबेच भएमा नियमित समय (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) का लागि कारोबार खुल्नेछ।

ग्रीन भेन्चर्सले गत चैत ८ गतेदेखि चैत ११ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरेको थियो। आईपीओ बाँडफाँड भने गत चैत २० गते गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here