ग्रीन भेन्चर्सको शेयर कारोवार खुल्यो, कतिमा भयो पहिलो कारोवार ?

काठमाडौं, ६ वैशाख । ग्रीन भेन्चर्स कम्पनीको साधारण शेयर (आइपीओ) को कारोवार भएको छ ।

मंगलवार प्रि-ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएसँगै नियमित बजारमा कारोबार सुचारु भएको छ ।

पहिलो कारोबारका लागि भने न्यूनतम ९१.८६ रुपैयाँदेखि अधिकतम २७५.५८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

कारोवार भने २७१ रुपैयाँमा खुलेको छ । नेप्सेले यो कम्पनीले ‘जीभीएल’ कारोबार संकेत प्रदान गरेको छ।

यो आइपीओ गत आइतवार नेप्सेमा सूचीकृत भएको थियो। तर हिजो सोमवार को स्पेसल प्रिसेसनमा नेप्सेले तोकेको रेन्जभित्र यो लघुवित्तको शेयर किनबेच नभएपछि नियमित समयका लागि कारोबार खुलेको थिएन।

ग्रीन भेन्चर्सले गत चैत ८ गतेदेखि चैत ११ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरेको थियो। आईपीओ बाँडफाँड भने गत चैत २० गते गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here