काठमाडौं, ६ वैशाख । शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिनदेखि ओरालो लागेको बजारमा मंगलबार न्यून अंकको सुधार आएको हो ।
मंलगबार बजार मापक सूचक नेप्से १३.३७ अंकले बढेर २३५७.२४ विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२९ कम्पनीको १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९३१ रुपैयाँ बराबरको ३२ लाख १३ हजार १९५ कित्ता शेयर किनबेच भएका छन् ।
सोमबार कारोबारमा आएका १३ वटा समूहको परिसूचकमा हरियाली छाएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । सोमवार १ अर्ब ५३ करोड ६ लाख ९२ हजार ९५५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
दुई कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३०११.४० रुपैयाँ पुगेको छ । ग्रीन भेन्चर्सको शेयर मूल्य १० प्रतिशत बढेर २९८ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।
यस कम्पनीको शेयरमूल्य ८.८२ प्रतिशतले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यस कम्पनीको आज ६ करोड ३० लाख भन्दा बढीको कारोबार भएको छ ।
दोस्रोमा हिमालय डिस्ट्रीलरीको ४ करोड ३५ लाखको कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ३ करोड ८३ लाखको कारोबार भएको छ ।