शेयर बजारमा दोहोरो अंकको गिरावट, धेरै गुमाउने नेष्डोका लगानीकर्ता

काठमाडौं, ७ वैशाख । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक नेप्से ३६.७३ अंकले घटेर २३२०.५१ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार २२८ कम्पनीको १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७५५ रुपैयाँ बराबरको ३५ लाख ७० हजार १४ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएको छ । धेरै गुमाउने फाइनान्स र अन्य समूहका लगानीकर्ता रहेका छन् यी दुवैको शेयर मूल्य ३.८२ र ३.५ प्रतिशत घटेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९३१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

दुई कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । जाल्पा सामुदायिक समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६४५.२० रुपैयाँ पुगेको छ भने ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्य प्रतिकित्ता ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३२८ रुपैयाँ पुगेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज १४ करोड १९ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा एनआनइसी एशिया बैंकको ५ करोड २ लाखको कारोबार भएको छ । नेप्सेका अनुसार आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here