झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार

काठमाडौं, ८ वैशाख । शेयर बजारमा झिनो अंकको सुधार आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ४.९४ अंकले बढेर २३२५.४५ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार २३१ कम्पनीको १ अर्ब ६१ करोड ९१ लाख ६८ हजार ८४८ रुपैयाँ बराबरको ३९ लाख ९१ हजार ५१ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहमध्ये ५ परिसूचक राताम्मे भएको छ । भने ८ वटाको बढेको छ । अन्य समूह सबैभन्दा धेरै २.०५ प्रतिशतले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै ०.८५ प्रतिशतले घटेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । बुधवार १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७५५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

दुई कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७०९.७० रुपैयाँ पुगेको छ भने ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर प्रतिकित्ता ३६०.८० रुपैयाँ पुगेको छ ।

त्यसैगरी, समिट लघुवित्त ७.५९, गणपति लघुवित्त ६.४८, जनउत्थान लघुवित्त ६.०६, युनियन लाइफ इन्स्योरेन्स ४.०४, न्यादी हाइड्रोपावर ४, पञ्चकन्या माइ, साधना लघुवित्त, किसान लघुवित्त र आरएमडीसी लघुवित्तको शेयरमूल्य साढे ३ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार घम्मेदी हाइड्रोका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशतले घटेको छ ।

आज नेष्डो समृद्ध लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यसैगरी, नबिल बैंकको ५ करोड र सूर्य लाइफ इन्स्योरेन्स साढे ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here