अवरोध चिर्दै आजबाट काठमाडौंका धारामा मेलम्चीको पानी

फाइलफोटो

काठमाडौं, ११ वैशाख । अनेक अवरोध पार गर्दै अन्ततः आइतबारबाट मेलम्चीको पानी काठमाडौंका धारामा आउने भएको छ ।

आइतबार बिहान महाङ्कालचौरमा पानी आइपुग्ने र दिउँसोदेखि वितरण गरिने काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । अहिले धेरैजसो ठाउँमा नयाँ पाइपको परीक्षण बाँकी छ ।

सोहीकारण पुरानो पाइपबाटै पानी पठाइने भएको छ । विगतमा सुन्दरीजलबाट ल्याएको पानी केयूकेएलले महाङ्काल, बालाजु, बाँसबारी, खुमलटार, बानेश्वर, बोडे र कीर्तिपुरसम्म पुर्याएको र यसपालि पनि ती गाउँमा पानी पुर्याउने लक्ष्य राखिएको छ ।

गत चैत २९ गते मेलम्ची खानेपानी आयोजनाको मुहानमा रहेको सुरुङबाट पानी सुन्दरीजल आइपुगेको थियो ।

आयोजनाको पहिलो चरणमा मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर खानेपानी काठमाडौं उपत्यकामा वितरणका लागि २६ किलोमिटरभन्दा लामो सुरुङ तथा पानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरिएको थियो ।

तर अहिले थोरैबाट वितरण सुरु हुँदैछ । मेलम्ची खानेपानी आयोजना निर्माण सुरु भएको झन्डै २२ वर्षमा अघिल्लो वर्ष पानी काठमाण्डौ आइपुगेको थियो । तर गत असार एक र साउन १७ गतेको बाढी÷पहिरोले मेलम्चीमा क्षति गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here