बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ खुल्यो

काठमाडौं, ११ वैशाख । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुल्ला गरेको छ ।

कम्पनीले स्थानीयलाई जारी पुँजीको १०% अर्थात १० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

जसमध्ये ७ लाख कित्ता सेयर कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. ८ र ९ का स्थानीयलाई छुट्याइएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ र कास्कीका वासिन्दाहरुका लागि आइपीओ निष्काशन गरेको हो ।

निष्काशित कुल सेयरमध्ये लमजुङ जिल्लाको क्वहोलासोथार गाउँपालिकाको वडा नं. ५, ६ र ७ र कास्कीको मादी गाउँपालिकाको वडा नं. ८ र ९ का स्थानीयका लागि ७ लाख कित्ता र बाँकी ३ लाख कित्ता लमजुङको क्वहोलासोथार गाउँपालिका तथा कास्कीको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानीयका लागि छुट्याइएको छ ।

स्थानीयले कम्पनीको आइपीओमा छिटोमा वैशाख २५ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आइपीओमा सानिमा बैंकको विरौटा तथा पोखरा शाखा कार्यालय, सिभिल बैंकको मालिङ शाखा कार्यालय, कामना सेवा विकास बैंकको कास्की तथा बेंसीशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेंसीशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ। साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here