शेयर बजारमा उछाल, नेप्से उच्च अंकले बढ्दा २५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, ११ वैशाख । शेयर बजार उच्च अंकले वृद्धि भएको छ ।

केही दिनदेखि ओरालो लागि रहेको शेयर बजार साताको कारोबारको पहिलोदिन ९५ अंकले बढेको बढेको हो ।

आइतवार नेप्से ९५.४६ अंकले बढेर २५२०.३१ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २३८ कम्पनीको २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९२ रुपैयाँ बराबरको ६६ लाख ३९ हजार ५०४ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार १ अर्ब ६१ करोड ९१ लाख ६८ हजार ८४८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक का समूह बढेका छन् ।

सबैभन्दा धेरै मूल्य बढ्नेमा फाइनान्स समूह रहेको छ । नेप्सेका अनुसार आज २५ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

जसमा १० कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १५ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेका छन् ।

नेशनल हाइड्रो, बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट, जानकी फाइनान्स, मञ्जुश्री फाइनान्स, अरुण भ्याली, खानीखोला, घलेम्दी, युनिभर्सल पावर र हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, जाल्पा लघुवित्त, ग्रीन भेन्चर्स, पोखरा फाइनान्स, आँखुखोला, न्यादी, बरुण, सिंगटी, युनाइटेड मोदी, पञ्चकन्या माइ, दिव्यश्वरी, अपि पावर, अरुण काबेली हाइड्रोपावर, गुडविल फाइनान्स, गुराँस लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

नेप्सेका अनुसार आज नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.८९ प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सानिमा बैंकको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज २२ करोड भन्दा बढीको कारोबार भएको छ ।

त्यसैगरी, शिवम् सिमेन्ट पौने १२ करोड र अरुण भ्याली हाइड्रोपावर ९ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here