चार लाख घुस लिँदालिँदै समातिए सुर्खेतका डिएफओ

काठमाडाै्ं, २७ असार । डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख रु चार लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले डिभिजन वन प्रमुख भक्तबहादुर लामालाई आज कार्यकक्षबाटै रङ्गेहात पक्राउ गरेको हो ।

आयोगको सुर्खेत कार्यालयका प्रवक्ता मेघनाथ सापकोटाले सेवाग्राहीबाट चार लाख रूपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरेको जानकारी दिए । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here