नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच ऋण सुरक्षासम्बन्धी सम्झौता

काठमाडौं, ११ वैशाख । नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवर्द्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेण्टी सम्झौता भएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यालय, मध्ये बानेश्वरमा आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुसुदन अधिकारीले हस्ताक्षर गरे ।

सम्झौताका मुख्य विशेषता कुनै पनि नवीकरणीय ऊर्जा आयोजनालाई दिएको ऋण कर्जाको भुक्तानी नभएमा त्यस ऋणमा नवीकरणीय ऊर्जा कोषले २० प्रतिशत सावाँ रकम सम्मको सुरक्षण प्रदान गर्नेछ ।

यस अन्तर्गत सुरुमा यस जमानतले रु. १० करोड सम्मको सुरक्षण प्रदान गर्नेछ । वैकल्पिकऊर्जा प्रवर्द्धन केन्द्र को वित्तीय संयन्त्र केन्द्रीय नवीकरणीय ऊर्जा कोषले UKAid को सहयोगमा सस्टेनेबल एनर्जी च्यालेन्ज फन्डको स्थापना गरेको छ ।

SECF ले नवीकरणीय ऊर्जा परियोजनाहरूलाई वित्तीय व्यवहार्यता र दिगो सञ्चालन सुनिश्चितगर्न वित्तीय र प्राविधिक सहायता प्रदान गर्दछ ।

यो सम्झौतासँगै बैंकले दिगो ऊर्जा स्रोतको प्रवद्र्धन गर्ने र नवीकरण ऊर्जामा बलियो लगानी निर्माण गर्ने उदेश्य लिएको छ ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका नायब प्रमुखकार्यकारी अधिकृत सुजितकुमार शाक्य तथा वैकल्पिकऊर्जा प्रवर्द्धन केन्द्र, केन्द्रीय नवीकरणीय ऊर्जा कोष, नेपालनवीकरणीय ऊर्जा कार्यक्रम तथा बैंकका उच्चपदस्त कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।

नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धानदिवशको दिनदिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो ।

यो सम्झौतामार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासहरुलाई अझ बढी लक्षितवर्गमा पुर्याउन सहयोग गर्ने आशा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here