हवाइ सुरक्षा परिपालनामा नेपालले पायो ७० अंक, एशियाली तथा विश्वकै औसतभन्दा राम्रो

काठमाडौं, १२ बैसाख । अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले नेपालको उडान सुरक्षाको परिपालना दर औसतभन्दा राम्रो भएको निश्कर्ष निकालेको छ ।

यही अप्रिल १३ देखि २५ सम्म आईकाओको १० सदस्यीय सम्परिक्षक टोली (अडिट टिम)ले नेपालको युनिभर्सल सेफ्टी ओभरसाइट अडिट प्रोग्राम सम्पन्न गरेको हो । जसमा आठ क्षेत्रमा नेपालले उडान सुरक्षाको नियामकको निकायको हैसियतमा पालना गरेका र गराएका कार्यहरु र तिनको विस्तृत प्रगति सम्बन्धमा जाँच गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार नेपालको प्रारम्भिक परिपालना दर ७०.१ प्रतिशत रहेको छ । एशिया प्रशान्त क्षेत्रको औसत परिपालना दर ६१.४ प्रतिशत छ भने विश्वको औसत ६७.२ प्रतिशत छ ।

यसले नेपालको अवस्था विगतमा भन्दा सुधार भएको देखाएको छ । सन् २०१३, २०१६ र २०१७ मा गरिएका अडिटबाट नेपालको परिपालना दर ६६.७६ थियो ।

आईकाओको टोलीले आठ ओटा क्षेत्रमा सम्परीक्षण गरेको थियो जसमा नीति, संस्था, मानव संसाधन अनुमति, फ्लाइट अपरेशन, एयर वर्दिनेश, एयर नेभिगेशन सर्भिस, एरोड्रोम एण्ड ग्राउण्ड एड र दुर्घटना अनुसन्धान छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here