दूरसञ्चार प्राधिकरणको अनुरोध-‘क्रिप्टोकरेन्सी, अनलाइन जुवासम्बन्धित वेबसाइट र एपबारे जानाकारी दिनुस्’

काठमाडौं, १३ वैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी रूपमा डलर सटही ‘क्रिप्टोकरेन्सी’ , अनलाइन जुवासम्बन्धी सबै वेबसाइट र मोबाइल एपबार जानाकारी दिन आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सी, हाइपर नेटवर्किङ, अनलाइन जुवालगायतका अवैध क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जालको बारेमा जानाकारी दिन आग्रह गरेको हो ।

अनलाइन प्रविधि तथा भर्चुअल माध्यमहरुबाट हुने क्रिप्टोकरेन्सी, हाइपर नेटवर्किङ, अनलाइन जुवालगायतका गैरकानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित गतिविधिहरु गैरकानूनी तथा अपराधजन्य क्रियाकलाप भएकोले यसप्रकारका कार्यहरु नगर्न पनि प्राधिकरणले अनुरोध गरेको छ।

सूचनामा भनिएको छ, ‘नेपालमा मौद्रिक उपकरणको रुपमा कानूनी मान्यता नदिएको भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ लगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोवार हालका दिनमा बढ्दै गएको हुँदा अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाईन जुवा लगायतका गैर कानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप र अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपालभित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसेबल तथा कालो सूचीमा राख्न आवश्यक देखिएकोले वेबसाइट, एप वा अनलाइन सञ्जालको नाम वा सोसँग सम्बन्धित कुनै जानकारी उपलब्ध छ भने प्राधिकरणको तल उल्लेखित इमेल ठेगानामा जानकारी गराउन सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

अनलाइन प्रविधि तथा भर्चुअल माध्यमहरुबाट हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाईन जुवा लगायतका गैर कानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित गतिविधिहरु गैरकानूनी तथा अपराधजन्य क्रियाकलाप भएकोले यस प्रकारका कार्यहरु नगर्न तथा नगराउन समेत प्राधिकरणले सबैलाई जानकारी गराएको छ ।

कसैले यस प्रकारका क्रियाकलापहरु गरेको वा गराइएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी प्राधिकरणले दिएको छ।

‘क्रिप्टोकरेन्सी’ कारोबार गर्ने सबै वेबसाइट र मोबाइल एप बन्द गर्न निर्देशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here