विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रमा पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) मा स्व.पवित्रा सिटौला उप्रेतीको स्मृतिमा स्थापित रु पाँच लाख एक रुपैया को पवित्रा सिटौला उप्रेती समाजसेवा पुरस्कार कोषबाट प्रदान गर्ने पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति गङगा प्रसाद उप्रेती,विशिष्ट अतिथि पुर्व सचिव- नेपाल सरकार गोपी मैनाली,विशेष अतिथिहरु राष्ट्रिय विमा संस्थानको कार्यकारी प्रमुख ( CEO)कवि पाठक, जे.पी. फाउन्डेसनको अध्यक्ष सकुन्तला दाहाल, युनिभर्सल टेलिभिजनको संचालक तथा वरिष्ठ पत्रकार ईश्वर प्र. ढकाल लगाएत अन्य अतिथी र संस्थाको अध्यक्ष सबिता उप्रेती,संस्थाको संरक्षक भवानी उप्रेती , सल्लाहकार, कार्यसमितिको सदस्य,कर्मचारी,स्वयंसेवकहरु बीच सम्पन्न भएको हो ।

SSDRC को सल्लाहकार तथा पवित्रा सिटौला उप्रेती समाजसेवा पुरस्कार कोषको संरक्षक तुलसी प्रसाद उप्रेतीको सभापतित्वमा भएको यस कार्यक्रममा लामो समय देखि जेष्ठ नागरिकको सेवामा काम गरिएको सामाजिक संस्था जे.पी. प्रतिष्ठान र प्रतिष्ठानको अध्यक्ष सकुन्तला दाहाललाई नगद रु पच्चीस हजार एक रुपैया पुरस्कार सहित सम्मान पत्र द्वारा पवित्रा सिटौला उप्रेती समाजसेवा पुरस्कार समर्पण तथा सम्मान गरिएको छ ।

SSDRC लाई अविछिन्न रुपमा आर्थिक,नैतिक, भौतिक रुपमा साथ सहयोग र सल्लाह, सुझाव प्रदान गरेको उच्च मुल्यांकन गरी SSDRC सल्लाहकार जक्रमशः तुलसी प्र .उप्रेती,पुनम उप्रेती, अनल गौतमा, प्रीति गौतम उप्रेती ,महेश्वर घिमिरे,केदार नाथ भट्टराईलाई सम्मान गरिएको छ ।

SSDRC को अध्यक्ष सबिता उप्रेती द्वारा संचालन गरिएको यस कार्यक्रममा संस्थालाई सहयोग गर्ने समाजसेवी प्रकाश श्रेष्ठ साबित्रा श्रेष्ठ उप्रेती र युनिभर्सल टेलिभिजनको संचालक,वरिष्ठ पत्रकार ईश्वर प्र. ढकाललाई सम्मान गरिएको छ ।

सोही कार्यक्रममा प्रकाश श्रेष्ठ र साबित्रा श्रेष्ठ ( उप्रेती)ले आफ्नु स्व.पिता पुर्ण कुमार श्रेष्ठ र माता विजया श्रेष्ठको नाममा SSDRC अक्षकोषमा एकाउन्न हजार रुपैया मात्र र SSDRC भवन निर्माणको लागि नगद र एकाउन्न हजार रुपैया)सहयोग रकम संस्थाको संरक्षक भवानी उप्रेतीलाई हस्तान्तरण गर्नु भएको छ ।

विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र( SSDRC)को संस्थापक तथा अध्यक्ष युवा सामाजिक अभियान्ता सबिता उप्रेतीले काम गर्ने सिलसिलामा अटिजम बालबालिकाहरु घरमा बाधेर थुनेर राखेको कारुनिक दृश्य देखे पछि आफनु व्यक्तिगत जीवन त्यागेर बिगत ११ वर्ष देखि यसै संस्था र बालबालिकाहरुको सेवामा समर्पित छन ।

नियमित दाताहरुको सहयोग बिना संचालित यस संस्थामा ५० जना अटिज्म भएका बालबालिका तथा किशोर किशोरीहरुले सेवा लिरहेका छन भने डाक्टर तथा थेरापिष्ट,साईकोलोजिष्ट,शिक्षक तथा अन्य कर्मचारी गरेर २७ जनाले सेवामा कार्यरत छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here