विलासिताका सामान नेपाल ल्याउन रोक, कुन कुन सामान परे ?

१४ वैशाख, काठमाडौं । विदेशी मुद्राको घट्दो संचितीका कारण दवावमा आएको सरकारले विलासिताका सामानको नाम नै तोकेर नेपाल ल्याउन रोक लगाएको छ । सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो । यो प्रावधान असार मसान्तसम्म कायम रहने छ । अब कुरकुरे, कुरमुरे, लेज र यस प्रकारका उत्पादन नेपाल ल्याउन पाइने छैन ।

सबै प्रकारका तयारी मदिरा र चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ)को आयातमा समेत रोक लागेको छ ।

हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ), मोबाइल सेट, रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका), जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने), २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल समेत रोक लगाइएको छ । सबै प्रकारका खेलौना र खेल्ने तास यसमा समावेश भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here