भाडा नतिरे बिजुलीको लाइन काटिदिने प्राधिकरणको चेतावनी

काठमाडौं, १४ बैशाख । नेपाल विद्युत प्राधिकरणले सम्झौता नगरि विद्युतको पोलमा टाँगिएका टेलिफोन तथा इन्टरनेटको लाइन जुनसुकै बेला काट्न सक्ने चेतावनी दिएको छ ।

प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै अप्टिकल फाइबर तान्नका लागि सम्झौता नगर्ने र भाडा नतिर्ने इन्टरनेट प्रदायकको विजुलीको लाइन काट्ने चेतावनी दिएको हो । विद्युतीय संरचना प्रयोग गरी तथा अप्टिकल फाइबर भाडामा लिइ टेलिफोन इन्टरनेट केवल टिभी सञ्चालन गर्ने सेवा प्रदायक संस्थारुमध्ये केही प्रदायकले आंशिक क्षेत्रको मात्र पोल भाडा सम्झौता तथा केहीले सम्झौता नै नगरि विद्युतिय संरचना प्रयोग गरेको भन्दै बैशाख मसान्त भित्र भाडा रकम भुक्तानी गर्न भनेको छ ।

साथै नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको कार्य नगर्न तथा नगराउन सूचित गरेको छ ।

सूचना अनुसार नियमअनुसार सम्झौता नगर्ने सेवा प्रदायक संस्थारुको सम्बन्धित क्षेत्रको कार्यालयको विद्युत लाइन नेपाल विद्युत प्राधिकरण विद्युत विनियमावली २०७८ को विनियम ३१ अनुसार जुनसुकै समयमा काट्न सकिन्छ । र यसबाट निस्कने परिणामको जिम्मेवार सम्बन्धित सेवा प्रदायक संस्था नै हुने व्यहोरा समेत जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here