‘गठबन्धन राजनीति’ पुस्तक बजारमा

काठमाडौं, १४ बैशाख । पत्रकार तथा लेखक शुभशंकर कंडेल र शारदा शर्माको गठबन्धन राजनीति नामक पुस्तक बजारमा आएको छ ।

नेपालमा सत्तारुढ गठबन्धन र प्रतिपक्षी गठबन्धनका बीचमा राजनीतिक तिक्तता चलिरहेका बेला चुनावी तालमेल, संयुक्त सरकर र बाह्य अनुभव, वाम वर्चस्व, आवश्यकता र सम्भावना समेटिएको पुस्तक सार्वजनिक भएको हो ।

पुस्तकमा नेपालमा २००७ देखि २०७४ सम्मका विभिन्न संसदीय र गठबन्धन सरकार तथा संसदको मिहिन विश्लेषण गरिएको छ । त्यस्तै गठबन्धन राजनीति नामक पुस्तकमा राजनीति, विचारधारा, राजनीतिक दर्शन जस्ता विषयमा समेत बौद्धिक विश्लेषण रहेको छ भने युरोपेली देशका साथै दक्षिण एशियाली ८ वटै देशमा बन्न पुगेका गठबन्धन सरकारहरुको समेत चर्चा गरिएको छ ।

गठबन्धन राजनीति र गठबन्धन सरकार अलग अलग भएको विषयमा सैद्धान्तिक व्याख्यासहित नेपालमा गत कालमा बनेको बाम गठबन्धन र त्यसको दुर्घटनाका कारणहरुको विस्तृतमा विश्लेषण गरिएको छ । वाम गठबन्धनको असफलतादेखि हालसम्मका राजनितीक विष्यबस्तुलाई यो पुस्तकले उजागर गरेको छ ।

ऐतिहासिक पृष्ठभूमि सहित नेपालमा हाल अराजनीतिक, नेताकेन्द्रित र केवल कुर्सीका लागि मात्र गठबन्धन गर्ने हानिकारक प्रवृत्ति बढेको दृष्ट्रान्तलाई उजागर गरेको छ । ५१० पृष्ठको सो पुस्तकको मूल्य ६ सय ५० रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here