स्थानीय निर्वाचन: उम्मेदवारी संख्या १ लाख ५२ हजार नाघ्यो, स्वतन्त्र कति ?

काठमाडौं, १५ वैशाख । स्थानीय तहको निर्वाचनका लागि देशभर १ लाख ५२ हजार ४ सय ५५ जनाले उम्मेदवारी दिएका छन्।

आयोगले जनाएअनुसार ७ सय ५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पदका लागि करिब चार गुणा बढी उम्मेदवारी परेको हो ।

तर, आयोगले सार्वजनिक गरेको संख्या प्रणाली प्रविष्ट भएको संख्या मात्रै हो । देशभरका पालिकाका ३५ हजार २ सय २१ पदका लागि यही वैशाख ३० गते हुने निर्वाचन हुँदै छ।

निर्वाचन आयोगको प्रणालीमा बुधबार साँझ ५ बजेसम्म प्रविष्ट विवरणअनुसार पालिका प्रमुखमा ३ हजार ४ सय ९४ जनाले उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा २ हजार ५६ उम्मेदवार छन्।

यस्तै अध्यक्षमा ३ हजार ३ सय ८७ तथा उपाध्यक्षमा २ हजार १ जनाले उम्मेदवारी दिएका छन्।

आयोगका अनुसार वडाध्यक्षमा ३५ हजार २ सय ५६ र सदस्य पदमा ५५ हजार ४ सय ७१ जनाले उम्मेदवारी दिएका छन्।

अन्तिम सूची भने आज प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।

स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।

आज उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ ।

१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here