मेरो माइक्रोफाइनान्सको नाफा १५ प्रतिशतले बढ्यो

काठमाडौं, १५ वैशाख । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सामान्य वृद्धि भएको छ ।

लघुवित्तले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको परिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १५.२० प्रतिशतले घटेको हो ।

लघुवित्तले चैत मसान्तसम्म ३४ करोड १५ लाख ७४ हजार रुपैयाँमा खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४ करोड ५० रुपैयाँ बढी हो । लघुवित्तले गत आवको चैतसम्म २९ करोड ६५ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन बढ्दा लघुवित्तको खुद नाफा वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४१.६० प्रतिशतले बढेर ८० करोड ९१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा १५.९० प्रतिशतले बढेर ५४ करोड १० लाख रुपैयाँ पुगेको छ ।

हाल १ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ७२ करोड ४९ लाख रुपैयाँ संचित छ । चैतसम्म लघुवित्तले ३ अर्ब १७ करोड निक्षेप र १० अर्ब ९९ करोड सापटी लिई १६ अर्ब २४ करोड कर्जा प्रवाह गरेको छ ।

खुद नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी २९.६५ रुपैयाँबाट बढेर ३७.९५ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १६०.४१ रुपैयाँ, खराब कर्जा ३.८८ प्रतिशत, मूल्य आम्दानी अनुपात २५.९० गुणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here