सीवाईसी नेपाल लघुवित्तको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं, १५ वैशाख । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड भएको छ ।

लघुवित्तले विहीवार विहान विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आइपीओ बाँडफाँड गरेको हो । लघुवित्तको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गरिएको छ ।

आइपीओमा गोलाप्रथाबाट ३६ हजार ९ सय ४८ जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । ति मध्ये ८ जनाले ११ कित्ता शेयर पाए भने बाँकी आवेदक् भने हातखाली भएको छ ।

यस हिसाबमा आवेदन दिएका मध्ये २१ लाख ६८ हजार ६ सय ८५ जना आवेदक हात खाली भएका छन् ।

कम्पनीले बैशाख २ गतेदेखि बैशाख ६ गतेसम्म आइपीओ निष्काशन गरेको थियो ।

यसरी हेर्नुहोस् नतिजा

लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड र सीवाईसी लघुवित्तको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here