बढ्न थाल्यो फेसबुक प्रयोगकर्ता, ७ प्रतिशतले बढ्यो राजस्व

काठमाडौं । २०२२ शुरुवातसँगै फेसबुकले पून: आफ्नो लय समात्न थालेको छ । २०२१ मा फेसबुकका मालिक मार्क जुकरबर्गले गत बर्ष एक दशकमै सबैभन्दा कम राजस्व बृद्धि गरेका थिए ।

अहिले दैनिक सक्रिय फेसबुक प्रयोगकर्ताहरुको संख्या पहिलो महिनामा १ अर्ब ९६ लाख पुगेको मेटाले जानकारी दिएको छ । त्यस्तै पछिल्ले ३ महिनामा कम्पनीको राजस्वमा पनि बृद्धि भएको छ । २०२२ को पहिलो ३ महिनामा २०२१ को तुलनामा ७ प्रतिशतले बढेर २ करोड ७९ लाख डलर पुगेको छ ।

कम्पनीको दैनिक सक्रिय प्रयोगकर्ता घटेदेखि शेयर मूल्य लगभग आधा भएको थियो । तर बुधबार कम्पनीले सो रिपोट सार्वजनिक गरेसँगै सेयर मूल्य १५ प्रतिशतले बढी सकेको देखिन्छ । ‘पहिला भन्दा धेरै मानिसहरु आज हाम्रो सेवा प्रयोग गर्छन् र हाम्रा उत्पादनहरुले कसरी संसारभरका मानिसहरुलाई सेवा दिइरहेको छन् भन्नेमा म गर्व गर्छु’ मेटा प्रमुख मार्क जुकरबर्गले भने ।

उनले २००४ मा फेसबुक स्थापना गरेका थिए । प्रयोगकर्ता बढेपनि एक दशकमा सबैभन्दा कम राजस्व वृद्धि यथावत नै छ । पछिल्लो समय विशेषगरी युवाहरुको टिकटक मोह बढेसँगै फेसबुकको प्रयोगकर्ता ह्वात्तै घटेको हो ।

त्यो त मार्क जुकरवर्गले रिल्समा लगानी गरेर टिकटकसँग प्रतिशप्रधामा उभिन लागेको जानकारी समेत दिएका छन् । मेटा एप्पलबाट नयाँ गोपनीयतासँग पनि जुधिरेको छ । जसले विज्ञापनलाई लक्षित गर्न अझ गाह्रो बनाँछ । साथै मेटाले यस बर्ष विज्ञापनहरुलाई लक्षित गर्न अझ गाह्रो बनाउँदछ ।

कम्पनीले यस बर्ष १० लिनियन डलर खर्च गर्ने बताएको छ । जसअनुसार आगामी बर्ष २८ देखि र ३० विलियन राजस्वको अपेक्षा गरेको छ । मार्क जुकरबर्गका अनुसार कम्पनीले आर्टिफिसियल इन्टिलिजेनस एआई र भर्चुअल रियालीटी भीआरमा ठूलो लगानी गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here