उडान तालिका संशोधन नभए आन्तरिक उडान बन्द गर्ने वायुसेवा सञ्चालकहरूको चेतावनी

काठमाडौं, १५ वैशाख । वायु सञ्चालक संघ नेपालले नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई कार्यान्वयन गर्न नसक्ने जनाएको छ।

वायुसेवा सञ्चालक संघले विहीवार एक विज्ञप्ति निकाल्दै राती ८ बजेपछिका नियमिततर्फका उडान तत्काल गर्न सक्ने अवस्था नरहेको जनाएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान भइरहेका विमानस्थलहरूमा बिहीबारदेखि लागु हुनेगरी बिहान ६ देखि राति १२ बजेसम्म १८ घण्टा कायम गरेको थियो ।

बुधबार नियमित उडान गरिरहेका आन्तरिक उडानका वायुसेवा कम्पनीहरुलाई पत्र लेखेर नयाँ उडान तालिकाबारे जानकारी गराएको थियो ।

संघका सदस्य वायुसेवा कम्पनीहरू बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्स, सौर्य एअरलाईन्स र गुण एयरलाइन्सले विविध प्राविधिक कारणले हाललाई राति ८ बजे पछिका नियमिततर्फका उडानहरू गर्न सक्ने अवस्था नरहेको जनाएका हुन् ।

अग्रिम रुपमा टिकट काटिसकेको अवस्थामा उडान तालिका परिवर्तन गर्दा यात्रुलाई मार पर्ने प्राधिकरणको भनाइ छ।

वायुसेवा कम्पनीहरुले तालिका संशोधन नभएसम्म सम्पूर्ण उडान स्थगत गर्ने विज्ञप्तिमा उल्लेख छ।

संघले यसबारे अन्य पूर्वाधार र सम्भावनासम्बन्धी विस्तृत छलफल गर्न प्राधिकरणसँग समयसमेत माग गरिएको अवस्थामा प्राधिकरणले बुधबार जारी गरेको स्लटसम्बन्धी नयाँ व्यवस्थाअनुरूपको तालिका संलग्न गर्न सदस्य वायुसेवा कम्पनीहरूले नसक्ने स्पष्ट पारेको छ ।

संघमा नेपाल एयरलाइन्सबाहेक निजी क्षेत्रमा सबै कम्पनीहरु सदस्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here