चन्द्रगिरि हिल्सको आम्दानी उल्लेख्य रुपमा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं, १६ वैशाख । चन्द्रगिरि हिल्स लिमिटेडको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ ।

कम्पनीले शुक्रबार प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा आम्दानी उल्लेख्य रुपमा बढेको छ भने नोक्सानी घटेको छ।

गत वर्षको तुलनामा चालु आवमा चन्द्रगिरिको सञ्चालन आम्दानी १४१.२६ प्रतिशत बढेको छ। गत वर्ष चैतसम्म १७ करोड ४२ लाख संचालन आम्दानी गरेको कम्पनीले चालु आवमा बढेर ४२ करोड ३ लाख रुपयाँ पुगेको छ ।

संचालन आम्दानीमा उल्लेख्य वृद्धि भएपछि कम्पनीको नोक्सानी घटेको छ । गत चैतसम्म १८ करोड ११ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी चालु वर्षको चैतसम्म आइपुग्दा २ करोड ९४ लाख रुपैयाँ नोक्सानीमा छ ।

हाल १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ४४ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नोक्सानी घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा व्यापक सुधार आएको छ । गत वर्ष १५.७४ रुपैयाँ ऋणात्मक रहेको प्रतिसेयर आम्दानी चालु वर्षको तेस्रो त्रैमासमा २.५६ रुपैयाँ ऋणात्मक छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ७०.७० रुपैयाँ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here