कांग्रेसका ‘बागी’ उम्मेदवार, नीजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्काशित हुने

काठमाडौं, १६ वैशाख । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध बागी उम्मेदवारी दिएकाहरुलाई आफ्नो मनोनयन फिर्ता लिन आग्रह गरेको छ ।

नेपाली कांग्रेसले शुक्रबार अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ता लिई गठबन्धनका आधिकारिक उम्मेवारलाई जिताउन बागी उम्मेदवारसँग आग्रह गरेको हो।

कांग्रेसद्वारा जारी प्रेस विज्ञप्तिमा अपराह्नसम्म उम्मेदवारी फिर्ता नलिए विद्रोही उम्मेदवार, उनको प्रस्तावक र समर्थकलाई पार्टीबाट निस्कासन गर्ने चेतावनी दिइएको छ।

‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान २०१७ को धार ४ (१३) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निस्कासित हुने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here