गठबन्धनको चेतावनी : ‘बागी’ उम्मेदवारी र अन्य दलसँगको तालमेल फिर्ता नलिए तत्काल कारबाही

काठमाडौं, १६ वैशाख । सत्ता गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदमा परेका बागी उम्मेदवारी तत्कालन फिर्ता लिने निर्णय गरेको छ ।

बैठकले ६ महानगर र ११ उपमहानगरपालिकामा प्रमुख, उपप्रमुखमा गठबन्धनको सहमति विपरित भएको उमेदवारी तत्कालन फिर्ता लिने निर्णय गरेको हो ।

यस्तै, सहमति विपरित स्वतन्त्र रुपमा दर्ता भएको उमेदवारी फिर्ता लिने पनि आग्रह गरेको छ । साथै पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ ।

केन्द्रबाट भएको सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारी फिर्ता नलिए सम्बन्धित दलले कारबाही गर्ने निर्णय पनि बैठकले निर्णयमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here