लोसपाको चुनावी घोषणापत्र: जेष्ठ नागरिकलाई घर-घरमै स्वास्थ्य परीक्षण, सार्वजनिक सवारीमा निःशुल्क यात्रा

काठमाडौं, १६ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष महन्त ठाकुर,नेता राजेन्द्र महतोलगायतको उपस्थितिमा स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा सबै महिलालाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिबका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने महत्वकांक्षी योजना उल्लेख गरिएको छ ।

गुणस्तरीय खानेपानी, वडामा पर्याप्त बजेट छुट्याउने विषय समेटिएको छ । स्थानीय सरकारले आफ्नो कर्मचारी आफै भर्ना गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

यस्तै, सहज र छरितो सरकारी सेवा, नगर सरसफाइ गरिने उल्लेख छ ।

सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, पर्याप्त चिकित्सक, बालबालिकालाई घरमै नियमित खोप उपलब्ध, जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षण गरिने भनिएको छ । घोषणापत्रमा निशुल्क र व्यवहारिक शिक्षा, स्नातक र स्नातकोत्तरमा छात्रवृत्तीको व्यवस्था गरिने भनिएको छ ।

यस्तै, सडकको छेउमा अनिवार्य वृक्षारोपण गर्ने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here