सेफ सन्तोष साह ‘नेपाल पर्यटन विश्व सद्‌भावना दूत’ नियुक्त

काठमाडौं, १६ वैशाख । पर्यटन मन्त्रालयले बीबीसी मास्टर सेफ द प्रोफेसनल २०२० का उपविजेता सन्तोष साहलाई पर्यटन सद्भावना दूत नियुक्त गरेको छ ।

शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित एक समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सेफ साहलाई सद्भावना दूत नियुक्त गरेका हुन् ।

उनले खादा लगाइदिनुका साथै प्रमाणपत्र पनि दिएका थिए। सेफ साहले नेपालका विभिन्न परिकारहरूलाई विश्वमाझ चिनाउँदै आएका छन्।

लण्डनमा भएको बिबिसी मास्टर सेफ द प्रोफेसनल २०२० मा उनले नेपाली परिकारहरू पस्किएर निर्णायक मण्डलीहरूको मन जितेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here