सप्तकोशी, बाग्मती र तमोरको पानी खतराको तहमाथि पुग्यो

काठमाडौं, २८ असार । सप्तकोशी नदीको जलसतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विभागको जानकारीअनुसार कोशीको पानीले सनिबार बिहान ८ः४५ बजे चतरामा खतराको तह पार गरी ७.०६ मिटर पुगेको हो ।

यद्यपि कोशीमा बढेको जलसतह विस्तारै घट्ने क्रम शुरु भएको पनि विभागले जानकारी दिएको छ । चतरामा कोशीको पानीको सावधानीको सूचक ६ मिटर र खतराको सूचक ७ मिटर छ ।

उता राई गाउँमा बाग्मती नदीको पानीको सतह खतराको संकेत ८.५० मिटरभन्दा धेरै माथि ११.५८ मिटर पुगेको छ भने हम्पाचौरमा सुनकोशी नदीको पानी १२.२३ मिटर पुगेको छ । सुनकोशीको खतराको तह ११.५० मिटर छ । त्यसैगरी तमोर पनि खतराको तह भन्दा माथि नै छ ।

सप्तकोशीमा पानीको जलसतह घट्दो क्रममा रहे पनि बाग्मती, सुनकोशी र तमोरमा भने निरन्तर बढी रहेको छ । विभागले ती क्षेत्रमा खतरा रहेको भन्दै भोलिसम्मै उच्च सावधान अपनाउन आग्रह गरेको छ । नदीको बढ्दो जलसतहले पूर्वी तराइ क्षेत्रमा त्रास सिर्जना गरेको छ ।

ती क्षेत्रका सबै सर्वसाधारणलाई एसएमएस पठाइसकिएको छ । साथै, स्थानीय प्रशासनको समन्वयमा कोशीको तटबन्ध र ब्यारेज नियमित अनुगमन जरुरी रहेको उसको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here