काठमाडौं, १८ वैशाख । निर्वाचन आयोगले आफूले सामाजिक सञ्जालमा अपलोड गरेका निर्वाचनबारे सन्देशमूलक भिडियो प्रचारप्रसारको लागि नयाँ अभियान थालेको छ ।
पछिल्लो समय धेरै मानिसहरुले सामाजिक सञ्जलमा नै बिताउने हुनेले आयोगले निर्वाचनबारे सन्देशमूलक भिडियो प्रचारप्रसारको लागि नयाँ अभियान थालेको छ ।
एक सूचना प्रकाशित गर्दै आयोगले निर्वाचनसँग सम्बन्धित सन्देशमूलक भिडियो प्रचार गर्न प्रतियोगिता गर्न लागेको जानकारी दिएको छ ।
आयोगले सन्देशमूलक भिडियो आफ्ना ट्विटर, युट्युब, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जालमा अपलोड गरेको छ ।
आयोगले तयार पारेका विभिन्न सन्देशमूलक भिडियोहरूमा प्रतियोगीले टिकटक बनाउन सक्नेछन् ।
सो भिडियोमा ५० लाख वा त्योभन्दा बढी भ्युज पुर्याउने एकले ५० हजार, ३० लाख वा त्योभन्दा बढी भ्युज पुर्याउने एकले ३० हजार र २० लाख वा त्योभन्दा बढी भ्युज पुर्याउने एकले २० हजार रुपैयाँ पुरस्कार जित्नसक्ने आयोगले जनाएको छ ।