स्थानीय निर्वाचन: नमूना मतपत्र सार्वजनिक, कुन जिल्लाको कस्तो ? (सूचीसहित)

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ ।

शनिबार जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको आयोगले देशका सबै महानगरपालिका र भक्तपुरको मतपत्र भने पछि छापिने जनाएको छ।

मतपत्रमा सबै भन्दामाथि राष्ट्रिय दलहरूको, अन्य साना दलहरूको र त्यसपछि स्वतन्त्र उम्मेदवारका चुनाव चिन्ह राखिएको छ।

मतपत्रको पहिलो नम्बरमा नेकपा एमालेको सूर्य, दोस्रोमा नेपाली कांग्रेसको रुख र तेस्रोमा नेकपा माओवादी केन्द्रको हँसिया हथौडा समावेश छ।

यस्तै चाैथोमा जनता समाजवादी पार्टी ‘जसपा’ को छाता, पाँचौँमा लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’को साइकल र छैटौं लहरमा नेकपा एकीकृत समाजवादी पार्टीको कलम राखिएको छ।

नमूना मतपत्र हेर्न यहाँ क्लिक गर्नुस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here