इण्टरनेट सेवा बन्द हुन सक्नेप्रति क्यान महासंघको चिन्ता, समस्या समाधान गर्न ध्यानाकर्षण

काठमाडौं, १८ वैशाख । कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान महासंघ)ले इण्टरनेटको समस्या समाधान गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ ।

आईतबार एक विज्ञप्ती जारी गर्दै महासंघले इण्टरनेट सेवा प्रवाहका सम्बन्धमा विगत केही दिनदेखि जिम्मेवार निकायहरुबाट व्यक्त धारणाहरुप्रति ध्यानाकर्षण ‍गराएको हो ।

महासंघको विज्ञप्तीमा भनिएको छ, ‘इन्टरनेट सेवा प्रदायकहरूले विदेशबाट ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटही सिफारिस एवं महालेखापरीक्षकको वार्षिक प्रतिवेदनका आधारमा बेरुजुका सन्दर्भमा विभिन्न निकायहरुबीच बुझाईमा असमानताका कारण ब्यान्डविथको शुल्क तिर्न बिलम्ब हुनाका कारण इन्टरनेट सेवा बाधित हुने सक्ने प्रति क्यान महासंघ चिन्ता वक्त गर्दछ ।’

समस्या समाधानका निम्ति सम्बन्धित निकायहरुलाई जिम्मेवारीपूर्वक यथासिघ्र वार्ता एवं छलफल गर्न महासंघले अनुरोध गरेको छ । सरकारले विदेशी मुद्रा सिफारिस पूर्ण रूपमा बन्द गरेपछि इण्टरनेट सेवा प्रदायकहरूले ६ महिनादेखि रकम भुक्तानी गर्न पाएका छैनन् ।

यस्तो अवस्थामा शुक्रबार एक विज्ञप्ती जारी गर्दै इण्टरनेट सेवा प्रदायकहरूको संस्था आईस्पानले इन्टरनेट बन्द हुन सक्ने जनाएको थियो । यस्तो अवस्थामा क्यान महासंघले इन्टरनेट बन्द हुन सक्नेप्रति चिन्ता व्यक्त गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here