निर्वाचन आयोगले भन्यो-‘प्रचारप्रसारका लागि सामाजिक सञ्जालको‘अकाउन्ट’प्रयोग गर्ने भए विवरण बुझाउनू’

काठमाडौं, १८ वैशाख । निर्वाचन आयोगले राजनीतिक दलहरूले निर्वाचनमा प्रचारप्रसार गर्न सामाजिक सञ्जालको ‘अकाउन्ट’ प्रयोग गर्ने भए त्यसको विवरणमा बुझाउन आग्रह गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पक्रकार सम्मेलन मार्फत उम्मेदवारहरूले अन्तिम नामावली प्रकाशन भएको २४ घण्टाभित्र निर्वाचन अधिकृतको कार्यालयमा विवरण बुझाउनुपर्ने बताए ।

त्यस्तै आयोगले उम्मेदवार तथा राजनीतिक दलहरुलाई मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति पोष्ट भइरहेको भन्दै आयोगले यस्ता काम रोक्ने चेतावनी दिएको छ । अन्यथा निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन कसुर ऐन र प्रचलित कानुन अनुसार कारबाही गर्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here