न्यून चापीय प्रणालीको प्रभाव: यी क्षेत्रमा मेघ गर्जन/चट्याङ्गसहित वर्षा हुने

काठमाडौं, २० वैशाख । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रही प्रदेश १ को एक वा दुई स्थानमा हल्का वर्षाको भइरहेको छ।

वैशाख २० गते (मंगलबार)

दिउँसो : पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

वैशाख २१ गते (बुधबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

वैशाख २२ गते (बिहीबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका केही र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ , मधेश प्रदेश तथा बागमतीका केही र बाकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।