पर्यटक आगमन उत्साहजनक, एक महिनामै आए ५८ हजार

काठमाडौं, २० वैशाख । पर्यटक आगमन उत्साहजनक देखिएको छ । अध्यायगमन विभागको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६० प्रतिशतले बढेको छ ।

तथ्यांक अनुसार मार्च महिनामा मात्र नेपालमा अप्रिल महिनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६० प्रतिशतले वृद्धि हो । अप्रिल महिनामा ५२ हजार ६६३ बाहिरिएका छन् । सन् २०२१ को अप्रिल महिनामा २२ हजार ४५० पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सन् २०१९ को तुलनामा पर्यटक आगमनदर आधाभन्दा बढीको अवस्थामा आइपुगेको बोर्डको विश्लेषण छ । गत वर्षकोभन्दा पर्यटक वृद्धिदर यो वर्ष १६० प्रतिशतले वृद्धि भएको बोर्डले जनाएको छ।

अघिल्लो मार्च महिनामा कुल ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए । जनवरीमा १६ हजार ९७५ र फेब्रुअरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

नेपाल भित्रिएका पर्यटकमध्ये सबैभन्दा बढी भारतीय छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here