रिभर फल्सको आइपीओ बाँडफाँड, सर्वसाधारणका लागि वैशाख २८ गतेदेखि खुल्ने

काठमाडौं, २० वैशाख । रिभर फल्स पावरले प्राथमिक शेयर आइपीओ बाँडफाँड गरेको छ । कम्पनीले आफ्नो आयोजनाका प्रभावित संखुवासभाका स्थानीय जिल्लावासीमा जारी गरेको आइपीओ बाँडफाँड गरेको हो ।

आइपीओको लागि ७ हजार ६ सय ३ वटा आवेदनहरुबाट १३ लाख ८१ हजार ९ सय कित्ताको लागि जम्मा आवेदन परेको थिए । जसमा ४ सय ४० कित्ता शेयर आवेदन रद्ध भएको छ ।

१३० कित्तासम्म माग गर्नेलाई माग बमोजिम १३० कित्ता तथा १३० कित्ता भन्दा बढी माग गर्ने २ हजार ३ सय ३० जनालाई समेत १३० कित्ता न्यूनतम बाँडफाँड गरिएको छ ।

यसैगरी १३० कित्ता भन्दा बढि कित्ता आवेदन दिने २ हजार ३ सय ३० जना आवेदकमध्ये चिठ्ठा प्रणालीबाट २ हजार २ सय ९२ जनालाई १० कित्ता थप गरेर १४० कित्ता शेयर बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणको लागि भने वैशाख २८ गतेदेखि प्राथमिक साधरण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण शेयर जारी गर्न लागेको हो ।

निष्काशन हुने कुल सेयरमध्ये ५४ हजार ६०० कित्ता (२ प्रतिशत) कम्पनीका कर्मचारी र १ लाख ३६ हजार ५०० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओमा जेठ ४ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयर वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी माइनस आइएस’ रेटिङ्ग दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here